काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका प्रवक्ता एवं पूर्व सभामुख अग्निप्रसाद सापकोटाले आगामी फागुन २० देखि रिक्त हुन लागेको राष्ट्रियसभा अध्यक्षमा आफ्नो पार्टीले दाबी नछोड्ने टिप्पणी गरेका छन् ।
प्रवक्ता सापकोटाले यस विषयमा शुक्रवार दिउँसो बस्ने स्थायी समिति बैठकमा पनि छलफल हुने जानकारी दिए । फागुनको पहिलो हप्ता प्रज्ञा भवनमा हुने विधान अधिवेशनका एजेन्डा तय गर्न माओवादीले दिउँसो ३ बजे स्थायी समिति बैठक बोलाएको छ ।
आजको बैठकमा मस्यौदा विधान पेस गर्नुको साथसाथै अध्यक्षले समसामयिक राजनीतिका सम्बन्धमा आफ्ना धारणा राख्ने सापकोटाले बताए । उनले भने–‘मूलतः स्थायी समिति बैठकमा मस्यौदा विधानबारे छलफल हुन्छ । साथै आजको बैठकमा अध्यक्षले समसामयिक राजनीतिबारे आफ्ना धारणा राख्नुहुन्छ । राष्ट्रियसभामा रिक्त हुने अध्यक्षमा माओवादीको दाबी रहन्छ ।’
माओवादीले मस्यौदा विधानमाथि छलफल गरी परिमार्जनसहित पारित गर्न शुक्रवार र शनिवार स्थायी समिति बैठक राखेको छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend