काठमाडौँ । बेलायतका विदेश, राष्ट्रमण्डल र विकास कार्यालयका राज्यमन्त्री मिचेल यही माघ २९ गतेदेखि नेपाल भ्रमणका लागि आउने तयारीमा छन् । दुई दिनसम्म हुने उक्त नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेताहरुसँग उच्चस्तरीय भेटघाट गर्ने स्रोतले जनायो । भ्रमणको क्रममा उनले बेलायतद्वारा सञ्चालित विभिन्न परियोजनाको अवलोकन समेत गर्ने बताइएको छ ।
परराष्ट्र मन्त्रालय राज्यमन्त्री मिचेलको भेटघाट लगायतका कार्यक्रमको तयारीमा जुटेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर रायले राज्यमन्त्री मिचेल आउने कुराकानी भइरहेको बताउँदै अहिले सबै कुरा तय भैनसकेको बताए । उनले भने, ‘कति गते आउने कति गते जाने त्यो कुरा पनि अहिले भन्ने अवस्था छैन, तयारी भएपछि मिडियालाई आधिकारिक जानकारी आउँछ ।’
एक साताअघि बेलायतका सेनाध्यक्ष प्याट्रिक स्यान्डर्स नेपाल भ्रमण गरेर फर्केका छन् । बेलायतका सेनाध्यक्ष स्यान्डर्स ३३६ जना नेपाली गोर्खाको अन्तिम छनोट कार्यक्रममा सहभागी हुन नेपाल आएका थिए । सो क्रममा उनले प्रधानमन्त्री प्रचण्ड, प्रधानसेनापति प्रभुराम शर्मा, रक्षामन्त्री पूर्णबहादुर खडकासहित अन्य उच्चस्तरीय भेटघाट गरेर फर्केका थिए । उनी फर्केको केही समयपछि राज्यमन्त्री मिचेल आउन लागेका हुन् ।
एक वर्षअघि बेलायतका तत्कालीन विदेश, कमनवेल्थ तथा विकास राज्यमन्त्री एन मरी ट्रेभेलियनले पनि नेपालको भ्रमणमा गरेकी थिइन् ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend