Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १ हजार नाघ्यो


    मंगलबार, कार्तिक १८ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं– नेपालमा कोरोना संक्रमित मृतकको संख्या एक हजार नाघेको छ। गत २४ घण्टामा २० जना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या १ हजार ४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि सोमबार २४ जनाको मृत्यु भएको थियो। 

    गत २४ घण्टामा ३ हजार १ सय १४ भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७९ हजार ६ सय १४ पुगेको छ। कुल संक्रमितमध्ये ३७ हजार ४ सय ७६ सक्रिय संक्रमित छन्। 

    कोरोनाको आशंकामा गत २४ घण्टामा ११ हजार १ सय ६६ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा कुल पिसिआर परीक्षणको संख्या १४ लाख ० हजार ९ सय ७ पुगेको मन्त्रालयले जनाएको छ। हाल १ हजार २ सय ७७ जना क्वारेन्टाइनमा छन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार