काठमाडाैैँ । र्यापर भिटेनलाई पक्राउ तथा धरपकड नर्गन उच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालत पाटनले प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोका नाममा अन्तरिम आदेश जारी गरेको हाे।
पाटन उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले अन्तरिम आदेश जारी गर्दै कारण देखाउ आदेश समेत गरेको हो । मंगलबार भिटेनले दर्ता गराएको निशेधाज्ञाको पहिलो सुनवाई भएको हो ।
र्यापर भिटेनलाई पक्राउ तथा धरपकड नर्गन प्रहरीलाई अन्तरिम आदेश यापर भिटेनको नयाँ गीतका बोलमा अपाच्य शब्द भएको भन्दै प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोले उनको खोजी गरिरहेका बेला उनी भने अदालतको शरणमा पुगेका थिए । भिटेन उपनामले चिनिने र्यापर समिर लामाले प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोलाई विपक्षी बनाउदै उच्च अदालत पाटनमा १६ कात्तिकमा निशेधाज्ञा सम्बन्धि रिट निवेदन दर्ता गराएका थिए ।
उनले केही दिन अघि सार्वजनिक गरेको नयाँ गीतमाथि छानबिन गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई निर्देशन दिएको थियो। पारा बोलको सो र्याप गीतमा प्रयोग भएका शब्द अश्लिल भएको पाइएपछि साइबर ब्यूरोले अनुसन्धान गरिरहेको थियो । प्रहरी प्रधान कार्यालयले १५ कात्तिकमा अनुसन्धान गर्न ब्युरोलाई पत्राचार गरेको थियो ।
भिटेनको पारा बोलको गीत उनले प्रहरी अनुसन्धान सुरु भएपछि युट्युबमा प्राइभेट गरेका छन् । उनको गीत नेपालमा ट्रेन्डिङमा थियो ।