Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मानसिक रोग नेपालमा चुनौती बन्दैछ : स्वास्थ्य मन्त्री बस्नेत


    बिहिबार, माघ २५ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • ललितपुर। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले मानसिक रोग नेपालमा चुनौती बनिरहेको टिप्पणी गरेका छन् । बिहीबार ललितपुरमा किशोरकिशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    मन्त्री बस्नेतले नेपालमा बालबालिकादेखि किशोरकिशोरीहरुमा मानसिक रोगको समस्या बढ्दै गइरहेको जिकिर गरे। उनले मानसिक रोगको उपचार केन्द्र सातै प्रदेशमा विस्तार गर्न जरुरी रहेको बताए । साथै उनले सेवा विस्तारका लागि मन्त्रालयका तर्फबाट सबै सहयोग गर्न आफू तयार रहेको जानकारी दिए । मन्त्री बस्नेतले मानसिक रोगी किन बढिरहेका छन् भन्नेबारेमा अध्ययन हुन जरुरी रहेको बताए ।

    ‘‘मानसिक रोगबारे कुरा गर्दा, नेपालमा सय जनामध्ये १० जना मानसिक रोगी फेला पर्न थालेका छन् । यो अवस्थामा सबैलाई चुनौती नै भइसकेको छ, मानसिक रोग । बच्चाहरूमा पनि त्यस्तै अवस्था सुरु भएको छ । यही सन्दर्भमा ३७ वर्ष पहिलादेखि बालबालिकाको हक अधिकारका लागि लड्दै आएको सिभी नेपालले पाटन मानसिक अस्पतालसँग सहकार्य गरेर अरू सहभागीहरूलाई जुटाएर जुन किसिमले किशोरकिशोरीहरुलाई मानसिक रोगको उपचार गर्ने युनिट बनाउनुभएको छ ।,’’ मन्त्री बस्नेतले भने, ‘‘यो प्रशंसा गरेर मात्रै पुग्दैन । यो सेवा बिस्तार साथै प्रदेशमा सम्भव भएसम्म बिस्तार गर्न सरकारले पनि आफ्नो भूमिका निर्वाह गर्नुपर्छ । सबैसँग सल्लाह र सहकार्य गरेर सेवा विस्तार गरेर अघि बढ्न मन्त्रालय तयार छ ।’’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार