Nepal Face
  • आइतबार, १० साउन २०८३
  • क्रिकेटर सन्दीप लामिछानेको पक्षमा नारा लगाउने दुई समर्थक पक्राउ


    बिहिबार, माघ २५ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । किशोरी बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेको पक्षमा नारा लगाउने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा क्यानडाविरुद्ध एकदिवसीय शृंखलाको पहिलो खेलको ४०औँ ओभर चलिरहँदा उपस्थित समर्थकले सन्दीपको पक्षमा नारा र ब्यानरबाजी गरेका थिए । प्रहरीले समर्थकको नाराबाजी रोक्ने कोसिस गर्दा केही बेर घम्साघम्सीको स्थिति बनेको थियो ।

    त्यसपछि प्रहरीले सन्दीपको पक्षमा नारा लगाएका दुईजनालाई पक्राउ गरेको हो । घम्साघम्सीका कारण खेल केही बेर अवरुद्ध बनेको थियो ।

    उक्त जारी खेलको ४१.२ ओभर सकिँदा नेपालले सात विकेट गुमाएर १८१ रन बनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार