Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अछाममा आगलागीबाट दुई बालबालिकाको ज्यान गयो


    बिहिबार, माघ २५ २०८०
    765
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आगलागीबाट अछाममा दुई बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ वर्षीया निरुता बुढा र तीन वर्षीय अंकित बुढा छन् ।

    मेल्लेख गाँउपालिका–३, दर्वा बस्ने जयबहादुर बुढा र झंकरे बुढाको खरले छाएको ढुंगामाटोले बनेको गोठभित्र बुधबार साँझ आगलागी भएको थियो ।

    गोठको ढोका नजिक बालेको आगोबाट भित्र राखिएको खरमा सल्किएको थियो । सोही ठाउँमा खेल्ने क्रममा बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    आगो स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा आएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार