Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा जारी


    बिहिबार, माघ २५ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ ।

    उक्त बैठकमा नेकपा माओवादी केन्द्रसहित नेपाली कांग्रेस, जसपा, एकीकृत समाजवादी, लोसपा, नाउपा लगायत दलका नेताहरु सहभागी छन् ।

    बैठकमा राष्ट्रियसभा अध्यक्षको उम्मेदवार चयन, संघीयता कार्यानवयन लगायतका विषयमा छलफल भइरहेको स्रोतले जानकारी दिएको छ ।

    राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल २२ फागुनमा सकिन लागेकाले नयाँ अध्यक्ष चयन गर्न लागिएको हो ।

    नयाँ अध्यक्षका लागि नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई पनि सम्भावित उम्मेदवारको रुपमा हेरिएको छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार