Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्कुल बसको ठक्करबाट एकजनाको मृत्यु


    बिहिबार, माघ २५ २०८०
    810
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । जनकपुरधाममा स्कुल बसको ठक्करबाट एकजनाको ज्यान गएको छ ।

    आज (बिहीबार) बिहान करिब ८ बजेको समयमा जनकपुरधाम उपमहानगरपालिका वडा नं। २३ बेला स्थित बा २ क ७६० नम्बरको स्कुल बसले साइकमा सवार भारतको मधुवनी जिल्ला घर भइ जनकपुरधाम २३ मा बस्दै आएका २७ वर्षीय ममताज कवारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिए ।

    उक्त बसको ठक्करबाट घाइते भएका कवारीलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा लगेकोमा चिकित्सकले मृत घोषणा गरेको प्रवक्ता अवाले बताए ।

    गाडी चालक महोत्तरीको रामगोपालपुर नगरपालिका ५ का अन्दाजी २७ वर्षीय रामजस मण्डल र बस प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले बतायो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार