Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पिकअपको ठक्करबाट सुकुटेमा एकको मृत्यु, दुई घाइते


    बिहिबार, माघ २५ २०८०
    655
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सिन्धुपाल्चोकमा पिकअप गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

    बुधबार साँझ चौतारा साँगाचोकगढी नगरपालिका–१०, सुकुटेमा बा१९च९१२३ नम्बरको पिकअपले बा.प्र.०२–०२७ प. ८५६२ नम्बरको स्कुटी र बा.४२प. ४१६० नम्बरको मोटरसाइकलाई ठक्कर दिएको थियो । ठक्करबाट स्कुटी र मोटरसाइकलमा सवार तीनजना घाइते भएका थिए ।

    उपचारका क्रममा स्कुटी चालक दोलखाको वैतेश्वर गाउँपालिका–७ का २० वर्षीय प्रज्वल तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    धुलिखेल अस्पतालमा बुधबारै राति ९ः५ बजे उनको मृत्यु भएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ ।

    घाइते भएका स्कुटीमा पछाडि सवार र मोटरसाइकल चालकको उपचार जारी छ । पिकअप चालक, पिकअप, स्कुटी र मोटरसाइकल प्रहरीको नियन्त्रणमा छन् ।

    यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार