Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ३० वर्षदेखि फरार अभियुक्त पक्राउ


    मंगलबार, कार्तिक १८ २०७७
    935
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । अदालतले तोकेको सजाय ५छल्न ३० वर्षदेखि फरार रहेका अभियुक्तलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय बाबियाचौरको टोलीले मंगलबार ती अभियुक्तलाई पक्राउ गरेको हो।

    जिल्ला अदालतले २०४७ पुस २६ गते कैद सजायको फैसला गरेका मानबहादुर सुनारलाई प्रहरीले ३० वर्षपछि पक्राउ गरेको हो।

    उनीमाथि व्यक्तिलाई कुटपिट गरी अंगभंग बनाएको अभियोगमा अदालतले ८ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।

    साविकको सालकोट गाविसका (हाल पञ्चपुरी नगरपलिका–२) का सुनारले २०४६ चैत १३ गते छिमेकी तुलाराम निउरेलाई कुटपिट गरेका थिए। 

    उनीसहित सहोदर तीन भाइ यो घटनामा संलग्न थिए। जसमध्ये अमरसहित दुई भाई पक्राउ परिसकेका छन् भने एक जना फरार छन् ।

    उक्त घटनापछि पीडित तुलारामको बायाँ हात र बायाँ खुट्टा चल्न छोडेको उनका छोरा डिल्लीराम निउरेले बताए। 

    उनका अनुसार तीनै भाइलाई अदालतले ८/८ वर्ष कैद सजाय सुनाएको थियो। अदालतको फैसला भएको राति नै कसैलाई थाहा नदिएर उनीहरूको परिवार नै फरार भएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार