Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • नरावणेको भ्रमणबारे भारतीय दूतावासको यस्तो भनाई


    मंगलबार, कार्तिक १८ २०७७
    705
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल विरुद्ध विवादित अभिव्यक्ति दिने भारतीय सेनाध्यक्ष एमएम नरावणेको नेपाल भ्रमण तय भएसँगै यो विषय चर्चामा छ ।  नेपालस्थित भारतीय दूतावासले बुधबारदेखि हुन लागेको नरावणेको भ्रमणमा दुई देशबीचको रक्षा साझेदारीलाई थप सुदृढ गर्नमा केन्द्रित हुने बताएको छ। 

    ट्वीटरमार्फत् भारतीय दूतावासले सार्वजनिक सञ्चार माध्यममा आएका धेरै कुराहरुमा जवाफ दिँदै यस्तो बताएको हो। 

    ‘जनरल एमएम नरवाणेको भ्रमणले दुई सेनाबीच कायम दीर्घकालीन तथा परम्परागत मैत्री सम्बन्धलाई थप प्रगाढ बनाउनेछ,’ दूतावासका प्रवक्ता नवीन कुमारले भनेका छन्, ‘भ्रमणले द्विपक्षीय रक्षा साझेदारीबारे छलफल गर्न र आपसी हितका लागि यसलाई बृहत् बनाउन थप संभावनाहरुको खोजी गर्न दुवै पक्षलाई अवसर प्रदान गर्नेछ।’

    उनी नेपालको भ्रमणमा आउने विषयमा नेपालमा सामाजिक सञ्जाल र सञ्चार माध्यमले प्रश्न उठाइरहेका छन्। नरवाणेले केही समयअघि नेपालको कालापानी र लिपुलेकबारे विवादित अभिव्यक्ति दिएका थिए। त्यसको नेपालमा ठूलो आलोचना भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार