Nepal Face
  • आइतबार, २३ कार्तिक २०८३
  • अछामका प्रकाश बुढाको करेन्ट लागेर मृत्यु


    बुधबार, माघ २४ २०८०
    785
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अछाममा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ। पञ्चदेवल विनायक नगरपालिका–५ लयाँटीका २५ वर्षीय प्रकाश बुढाको करेन्ट लागेर मृत्यु भएको हो।

    उनी एभरेस्ट नेटवर्क प्रालिमा कार्यरत थिए। दैलेख र कालिकोटको सिमाना दही खोला नजिकै नेटवर्कको फाइवर विस्तार गर्ने क्रममा घाइते भएका बुढाको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको प्रहरीले जनाएको छ।

    उनलाई मंगलवार बेलुकी बिजुलीको पोलमा करेन्ट लागेको थियो। करेन्ट लागेर घाइते भएका बुढालाई अस्पताल पुर्‍याउँदा उनलाई अस्पतालले मृत घोषणा गरेको हो । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार