Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चन्द्रागिरीमा जंगली बँदेल मार्ने ५ जना पक्राउ


    मंगलबार, कार्तिक १८ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । जंगली बँदेल मारेको अभियोगमा चन्द्रागिरी नगरपालिका–४ सेतेपहराबाट पाँच जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ। 

    पक्राउ पर्नेहरुमा मकवानपुर थाहा नगरपालिका–९ चितलाङ बस्ने ५० वर्षीय रामदास देउला, २१ वर्षीय सरोज देउला, ४१ वर्षीय भीमदास पोडे तथा ३६ वर्षीय रामचरण पोडे र सोही नगरपालिका २ बस्ने २२ वर्षीय राजेश देउला रहेका छन् ।   

    चन्द्रागिरी नगरपालिका–४ सेतेपहरा थानकोटस्थित जंगलमा जंगली बँदेल मारी ओसारपसार गरिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो । महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको टाेलीले मृत अवस्थामा रहेको जंगली बँदेल बोकी लैजान लागेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।  

    उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय हात्तिसार काठमाडौं पठाइएको उक्त वृत्तले जनाएको छ ।
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार