Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • प्रतिनिधिसभाबाट पारित भयो सम्पति शुद्धीकरणसम्बन्धी विधेयक 


    बुधबार, माघ २४ २०८०
    820
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभाबाट सम्पति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पारित भएको छ ।

    आजको उक्त बैठकले विधेयक पारित गरेको हो । यो विधेयक संसद्को पहिलो अधिवेशनमा पेस भएको थियो । विधेयकमाथि प्रतिनिधिसभाको कानुन समितिमा दफाबार छलफल भएको थियो ।

    समितिले गएको असोज २४ गते ९ बुँदे प्रतिवेदनसहित पारित गरेको थियो । असोज २५ गते प्रतिवेदसहित प्रतिनिधिसभामा पेस गरेको थियो । आजको बैठकले विधेयक पास गर्दै समितिको प्रतिवेदनलाई विधेयकको अंग बनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार