Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री प्रचण्ड अनुपस्थित भएपछि संसद्‍मा सम्बोधन गरेनन् ओलीले


    बुधबार, माघ २४ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अनुपस्थित भएपछि संसद्‍मा सम्बोधनको कार्यक्रम रोकेका छन्।

    एमाले सांसद रघुजी पन्तका अनुसार सदनको नेता नै अनुपस्थित भएपछि प्रमुख प्रतिपक्षी नेताको सम्बोधन आजलाई रोकिएको हो।

    ‘संसद्‍को नेता प्रधानमन्त्री हो। तर उहाँ नै उपस्थित हुनु भएन’, उनले भने, ‘उहाँ नआएकै कारण प्रतिपक्षी दलको नेता (केपी शर्मा ओली) बोल्नु भएन।’

    पन्तले हिउँदे अधिवेशनले गति लिन थालेको अवस्थामा छलफलको पहिलो दिन नै प्रधानमन्त्री अनुपस्थित हुँदा संसद्ले रौनक गुमाएको बताए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार