Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ


    बुधबार, माघ २४ २०८०
    885
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • कास्की । पोखरा महानगरपालिका-८ नागढुङगाबाट पाँच जुवाडे पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही महानगरपालिका-१४ खाल्टे मसिना बस्ने ३१ वर्षीय लक्ष्मण कडेललगायत रहेको प्रहरीले जनाएको छ ।

    कडेलकै एडभान्स अटो रिपेरिङ वर्कशपमा जुवातास खेलिरहेको अवस्थामा मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

    वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १४ हजार २ सय ६० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको जनाएको ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार