Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक


    मंगलबार, कार्तिक १८ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसले आकस्मिक केन्द्रीय समिति बैठक बोलाएको छ। मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो।

    प्रतिनिधिसभा सांसदसमेत रहेका पार्टीका आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधन भएपछि केन्द्रीय समिति बैठक बस्न लागेको हो।

    आज बस्ने केन्द्रीय समिति बैठकले शोक प्रस्ताव पारित गर्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।  कांग्रेसले आज दिउँसो १ बजेका लागि पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठकसमेत राखेको थियो।

    केसीको निधनका कारण उक्त बैठक भने नबस्ने कांग्रेसले जनाएको छ। गए राति पोखरास्थित घरमा ६३ वर्षका केसीको निधन भएको थियो। उनी लामो समयदेखि मधुमेह र प्रेसरबाट पीडित थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार