Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संघीय संसद् सचिवालयको महासचिवमा पाण्डेय नियुक्त


    मंगलबार, माघ २३ २०८०
    915
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाठौं । संघीय संसद् सचिवालयको महासचिव पदमा पद्‌मप्रसाद पाण्डेय नियुक्त भएका छन् ।

    पाण्डेयलाई नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम महासचिवमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गत मंसिर २४ मा पाण्डेयलाई महासचिव नियुक्त गर्न सिफारिस गरेका थिए ।

    तर, राष्ट्रपति रामचन्द्र पौडलले उनको नियुक्ति सिफारिसको कानुनी रितमा प्रश्न उठाउँदै आएका थिए ।

    मंगलबार मात्र पाण्डेयले प्रतिनिधिसभाको सचिवबाट राजीनामा दिएका थिए । राजीनामा स्वीकृतिसँगै राष्ट्रपतिले उनलाई महासचिवमा नियुक्त गरेका हुन् ।

    उनको स्थायी घर पाल्पाको रिब्दिकोट गाउँपालिका–१ मा पर्छ ।

    हेर्नुहोस् राष्ट्रपति कार्यालयको विज्ञप्ति

     

     

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार