Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जापानले दियो नेपाल जुडो संघलाई २४० थान पोशाक


    मंगलबार, माघ २३ २०८०
    820
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाल जुडो संघलाई जापान सरकारले २ सय ४० थान जुडो खेलको पोशाक सहयोग प्रदान गरेको छ ।

    काठमाडौँमा रहेको जापानी दूतावासमा आज आयोजक एक कार्यक्रमका क्रममा नेपालका लागि जापानी राजदूत याटाका किकुटाले नेपाल जुडो संघका अध्यक्ष दिपक हर्श बज्राचार्यलाई उक्त पोशाक हस्तान्तरण गरेका हुन् ।

    उक्त कार्यक्रममा बेइजिङ २००८ ओलम्पिकमा सहभागिता जनाएकी जुडो खेलाडी देबु थापासँगै अन्य जुडो खेलाडीको पनि उपस्थिति रहेको थियो ।

    जापान सरकारको प्रोजेक्ट फर स्पोर्ट्स डिप्लोमेसी इन्हान्समेन्टअन्तर्गत अल जापान जुडो फेडेरेसनले उक्त पोशाक प्रदान गरेको दूतावासले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार