काठमाडौं । अवैध हुन्डीको कारोबार पछिल्ला दिनमा निकै बढेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी) को टोलीले काठमाडौंको ओमबहालबाट अवैध हुन्डीको १ करोड रुपैयाँ बरामद भएको छ ।
सीआइबीको टोलीले विशेष सूचनाको आधारमा सोमबार अवैध हुन्डीको १ करोड रकमसहित झापाका विकास मित्तल र कमल मित्तल तथा पर्वत घर भएका गणेश पौडेललाई पक्राउ गरेको छ ।