काठमाडौं। ललितपुरको होटल स्क्वायरको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा घाइते भएका सजिलमान शाक्यको घटनामा होटल पक्ष दोषी रहेको भन्दै उनका आफन्त तथा शुभेच्छुकहरूले आज पुलचोकस्थित उक्त होटलअगाडि प्रदर्शन गरेका छन्।
उक्त घटना भएको पाँच महिना बितिसक्दा पनि पीडित पक्षले न्याय नपाएको भन्दै सोको माग गर्दै आफन्त तथा शुभचिन्तकहरूले आज प्रदर्शन गरेका हुन् ।
पाँच महिनाअघि भएको उक्त प्रकरणमा होटलकी सञ्चालिका ललिता भण्डारी देवकोटा केही साताअघि पक्राउ परेकी छन् ।ललितपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि देवकोटाले प्रहरीमा आत्मसमर्पण गरेकी थिइन्।
ललितपुर महानगरपालिका- ३ मा रहेको होटल स्क्वायरको स्विमिङ पुलमा पौडी खेल्दा मानभवनका सजिलमान शाक्य गम्भीर घाइते भएका थिए । भदौ १४ मा घाइते भएका उनी अहिले पनि अचेत अवस्थामा छन् ।
होटलका सञ्चालकहरूविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ । परिवारजनका अनुसार भदौ १४ मा दिउँसो ३ बजेर ३० मिनेटमा स्विमिङ पुलमा करेन्ट फैलिएर ४१ वर्षीय सजिलमान घाइते भएका हुन् ।
घटनामा संलग्न रहेको आरोपमा अदालतबाट पक्राउ पुर्जी जारी भएकी रोमी अर्याल भने फरार छन् ।


बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend