Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बन्द कोठामा आगो बालेर सुतेका सासू–बुहारीको निसास्सिएर मृत्यु


    मंगलबार, माघ २३ २०८०
    795
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। डडेल्धुराको अमरगढी नगरपालिका– १, स्याउलेमा कोठाभित्र आगो बालेर सुतेका सासू–बुहारीको निसास्सिएर निधन भएको छ । ६० वर्षीया धौलीदेवी दियाल र २६ वर्षीया बुहारी पुनमा दियालको मृत्यु भएको हो ।

    सोमबार बिहान ७ बजेसम्म पनि नउठेपछि धौलीदेवीका नातिले ढोका खोलेर हेर्दा उनीहरू बेहोस अवस्थामा भेटिएको र डडेल्धुरा अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनायो ।

    चिकित्सकलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी कुसुम नायकले दुवैको निसास्सिएर मृत्यु भएको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार