काठमाडौँ। हिजो सोमबार साँझ सर्लाही सदरमुकाम मलंगवा नजिक नापी कार्यालय सर्लाहीका कर्मचारी सवार भारतीय बोलेरो गाडी ट्रयाक्टरसँग ठोक्किँदा घाइते भएकामध्ये एक जनाको ज्यान गएको छ।
उक्त दुर्घटनामा नापी कार्यालय सर्लाहीका प्रमुख सञ्जय मानन्धरसहित ११ जना घाइते भएका थिए। घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
दुर्घटनामा घाइते भएका सर्लाहीको बागमती नगरपालिका- ५ का करिब ४५ वर्षीय विनोद घिमिरेको उपचारको क्रममा गएराति मृत्यु भएको छ।
उनको वीरगञ्ज नजिक रहेको एलेक्स न्युरो न्युरो अस्पताल बारामा मृत्यु भएको प्रहरीले जनाएको छ। घिमिरे नापी कार्यालयका कर्मचारी हुन् कि होइनन्, प्रहरीले खुलाएको छैन। तर, जिपमा सवार अधिकांश कर्मचारी भएका अनुमान प्रहरीको छ।
सोमबार राति पौने ८ बजेतिर बीआर ०६ पिडी ९६४८ नम्बरको जिप (बोलेरो) मलंगवा नवलपुर सडकखण्डमा पर्ने मलंगवा नगरपालिका–१० गम्हरियामा उखु बोकेको ज १ त १०६७ नम्बरको ट्याक्टरसँग ठोक्किँदा दुर्घटनामा परेको हो।
बोलेरो मलंगवाबाट नवलपुरतर्फ आउँदै गर्दा उखु बोकेको ट्याक्टरको पछाडि ठोक्किएको प्रहरीले जनाएको छ। ट्याक्टर उखु लिएर सर्लाहीको हरिवनस्थित इन्दुशंकर चिनी उद्योगतर्फ जाँदै थियो।
दुर्घटनामा जिप (बोलेरो) का चालक मलंगवा ३ का रामलाल साह पनि घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक (डीएसपी) दिपेन्द्र पञ्जियार थारुले जानकारी दिए।
दुर्घटनामा नापी कार्यालय सर्लाहीका प्रमुख सञ्जय मानन्धर, सञ्जित मण्डल, रामलाल साह, रिटेन यादव, वैधनाथ पटेल, रामबाबु राय, दीपेन्द्र यादव, सहिद अनवर, वैजु यादव, अजय यादव र वैधनाथ राउत घाइते भएका छन्।
गम्भीर घाइतेलाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारका लागि वीरगन्ज लगिएको थियो। ‘नापी प्रमुख मानन्धरको अवस्था पनि गम्भीर छ,’ डीएसपी पञ्जियारले भने, ‘उहाँसहित गम्भीर अवस्थाका चार जनाको एलेक्स अस्पतालमा उपचार भइरहेको छ।’ मानन्धर काभ्रेको बनेपा उपमहानगरपालिकाका स्थायी बासिन्दा हुन्।
एकजना घाइतेको भने मलंगवामै उपचार भइरहेको प्रहरीले जनाएको छ। मलंगवाबाट उपचारको लागि बाहिर पठाइएका धेरैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
अहिले एनएस अस्पताल बारामा पाँचजना, वीरगञ्जस्थित बयोधा अस्पतालमा २ जना र तिरुपति अस्पतालमा एक जनाको उपचार भइरहेको छ। एक जना घाइतेको भने कहाँ उपचार भइरहेको छ प्रहरीले आफूलाई जानकारी नभएको भनेको छ।
उक्त दुर्घटनापछि ट्याक्टर चालक फरार छन्। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको छ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend