Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अपहरण अभियोगमा कारागार चलान


    सोमबार, कार्तिक १७ २०७७
    870
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • झापा । जिल्ला अदालतबाट मानव अपहरण मुद्धामा दुई वर्षअघि १७ वर्ष कैद र रु एक लाख ५० हजार जरिवाना तोकिएका फरार अभियुक्त नरेश मेचे पक्राउ परी कारगार चलान भएका छन् ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाका अनुसार मेचीनगर नगरपालिका वडा नं १२ निवासी अभियुक्त मेचेलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालतमा पेश गरेको थियो । जिल्ला अदालतको आदेशले अभियुक्तलाई कैद सजायका लागि आइतबार चन्द्रगढी कारागार चलान गरिएको हो ।

    सुनिलकुमार अग्रवालको जाहेरीले मानव अपहरण गरी शरीर बन्धक बनाएको आरोपमा निज मेचेलाई २०७५ फागुन २७ गते अदालतले कैद तथा जरिवाना सजाय तोकेको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार