Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालद्वारा धरौटी रकम लिने निर्णय फिर्ता


    सोमबार, कार्तिक १७ २०७७
    765
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैँ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल)ले आइसीयू र आइसोलेशनमा उपचार गर्नुपर्ने कोरोनाका बिरामीबाट धरौटी रकम नलिने भएको छ ।

    टेकु अस्पतालले कात्तिक १३ गते आइसीयू र आइसोलेशनमा उपचार गर्न धरौटी रकम तोकेको थियो । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनपछि अस्पताल पूर्ववत् निर्णयबाट पछि हटेको हो ।

    टेकु अस्पतालले निःशुल्क रुपमा पीसीआर परीक्षण गनुर्का साथै औषधि र ल्याब परीक्षण निःशुल्क गर्दै आएको सरुवा रोग बिशेषज्ञ डा. अनुप बास्तोलाले बताए । 

    विपन्न, जेष्ठ नागरिक ७० वर्षभन्दा माथि अति अपाङ्गता भएका, अशक्त र एकल महिला संक्रमितको हकमा आवश्यक सिफारिस पत्र, परिचयपत्र भएमा आर्थिक अवस्था हेरेर आवश्यकताका आधारमा उपचार छुट दिने उनले बताए । 

    आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धरौटी नलिई कोरोना संक्रमितको उपचार गर्न सरकारी अस्पताललाई निर्देशन दिएको थियो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले  धरौटी सम्बन्धी सूचना निकाल्ने सरकारी अस्पताललाई स्पष्टीकरण सोधिएको  समेत बताएका थिए ।   

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार