Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पक्राउ परेका अरुण चौधरीसहित ३ जनाको आज म्याद थप गरिँदै


    सोमबार, माघ २२ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । बाँसबारीको १० रोपनी जग्गा निजीकरण गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरी सहित ३ जनाको आज (सोमबार)म्याद थप गरिँदै छ ।

    उक्त जग्गा हिनामिना गरेको आरोपमा तत्कालीन च्याम्पियन फुटवेयर प्रालिका सञ्चालक अरुण कुमार चौधरी, बाँसबारी छाला जुत्ता कारखानाका लिमिटेडका तत्कालीन अध्यक्ष अजित नारायण सिंह थापा र सिजी चाँदाबाग रेसिडेन्सी प्रालिका अध्यक्ष सञ्जय ठाकुर थुनामा छन् ।

    उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्युरोले माघ १८ मा पक्राउ गरेको हो । जिल्ला अदालत काठमाडौँले दिएको ४ दिनको म्याद सकिएपछि सोमबार उनलाई पुन: म्याद थप गर्न अदालतमा उपस्थित गराउन लागिएको हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार