बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । जिल्लाको पाटन नगरपालिका–३ को धुरा भन्ने स्थानमा जीप दुर्घटनामा परी चालकसहित दुईजना घाइते भएका हुन् ।
घाइते हुनेमा चालक समेत रहेका सुर्नया गाउँपालिका–५ का कृष्णबहादुर बिष्ट र पाटन–३ का धनीराज पन्त रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी,प्रहरी निरीक्षक, खेमबिक्रम केसीले जानकारी दिए ।
खोडपेबाट बोहोरीगाउँतर्फ गइरहेको सु.प.प्र. ०४००१ च ०१०७ नम्बरको बोलेरो जीप सोमबार बिहान करिब ४ बजेतिर पाटन–३ को धुरा भन्ने स्थानमा दुर्घटना परेको हो । उक्त जीपमा चालकसहित दुईजना मात्रै सवार रहेको बताइएको छ ।
घाइते पन्तको अवस्था गम्भीर रहेको र उनलाई धनगढी रेफर गरिएको छ । चालक बिष्टको डडेल्धुरामा उपचार भइरहेको छ । जीप सडकबाट करिब ७० मिटर तल खसेको छ ।
उक्त दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend