Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हुस्सु-कुहिरोका कारण हवाई उडान प्रभावित


    सोमबार, माघ २२ २०८०
    705
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । मौसमका कारण आज बिहान काठमाडौंबाट हुने आन्तरिक उडान प्रभावित भएका छन् । बिहान नौ बजेपछि पारदर्शिता बढ्दै गएकाले अब भने आन्तरिक उडान सुरु गर्ने तयारी भइरहेको छ ।

    आज बिहान काठमाडौं उपत्यकामा हुस्सु-कुहिरो लागेको थियो । बाक्लो कुहिरोका कारण भिजिबिलिटी -पारदर्शिता) कम हुँदा आन्तरिक उडान हुन सकेका थिएनन् । अन्तर्राष्ट्रिय उडान भने भइरहे ।तर बिहान नौ बजेपछि पारदर्शिता बढ्दै गएकाले उडान सुरु गर्ने तयारी छ । पारदर्शिता १२०० मिटर पुगेपछि आन्तरिक उडान समेत सुरु गर्ने तयारी गरिएको विमानस्थल कार्यालयले स्रोतले बतायो ।

    जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार एक किलोमिटरभन्दा कम पारदर्शिता हुँदा कुहिरो भनिन्छ भने एकदेखि पाँच किलोमिटरसम्म पारदर्शिता हुँदा हुस्सु भनिन्छ ।

    आज बिहान तराईका जिल्लाहरुमा पनि हुस्सु र कुहिरो लागेको थियो । सबैभन्दा कम पारदर्शिता बाँकेको नेपालगञ्जमा थियो । नेपालगञ्जमा आज बिहान कुहिरो लागेकाले जम्मा २०० मिटर मात्र पारदर्शिता थियो ।

    आज बिहान ६ बजेदेखि नै माउन्टेन फ्लाइटसमेतका उडान स्थगित भएका थिए । लुक्ला, ताप्लेजुङ, सुर्खेत, पोखरा, भैरहवा र नेपालगञ्ज लगायतका स्थानमा उडान डिले हुने र स्थगित हुने भइरहेको थियो ।

    पश्चिमी वायुको प्रभावले पश्चिम नेपाल र पहाडी क्षेत्रको मौसम खराब भएकाले पनि हवाई उडान प्रभावित भएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार