Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पछिल्लो २४ घण्टामा ३ हजार १५० जना कोरोनामुक्त


    सोमबार, कार्तिक १७ २०७७
    815
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं- पछिल्लो २४ घण्टामा थप ३ हजार  १ सय ५०  जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।  देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्याले जनाएको छ। 

    योसँगै नेपालमा  एक लाख ३७ हजार ९ सय ९२ जना संक्रमित  उपचारपछि निको भएका छन्। मन्त्रालयको अनुसार संक्रमणमुक्त हुनेको संख्या ७८ दशमलव २ प्रतिशत रहेको छ। 

    मन्त्रालयका अनुसार १३ हजार ४ सय ४६ जनाको पिसिआर परीक्षण भएको छ। योसँगै १४ लाख ६९ हजार ८ सय १२ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।  

    मन्त्रालयका अनुसार २ हजार १ सय १९ जना क्वारेन्टाइनमा छन्।  नेपालमा ३७ हजार ५ सय २४ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार