Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौं उपत्यकामा एक हजार ६३० संक्रमित थपिए


    सोमबार, कार्तिक १७ २०७७
    620
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । गत २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ६ सय ३० जना कोरोना संक्रमित थपिएका छन्।

    एकै दिन भेटिएका २ हजार ९ सय ३३ मध्ये काठमाडौं उपत्यकामा मात्र १ हजार ६ सय ३० जना थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

    काठमाडौंमा १ हजार ३ सय २९, भक्तपुरमा १ सय ८ र ललितपुरमा १ सय ९३ जना संक्रमित भेटिएका हुन्। योसँगै काठमाडौंमा ६४ हजार ५ सय ४६, भक्तपुरमा ५ हजार ९ सय ३ र ललितपुरमा ९ हजार १ सय ५१ जना संक्रमित पुगेको छ। 

    हालसम्म काठमाडौंमा २ सय ४३, भक्तपुरमा ६७ र ललितपुरमा ६३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार