Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महासंघभित्रको राजनीतिक क्यान्सरलाई निकाल्नुपर्छ : शेखर गोल्छा


    सोमबार, कार्तिक १७ २०७७
    835
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले महासंघभित्र रहेको राजनीतिक क्यान्सरलाई निकाल्नुपर्ने विचार राखेका छन्। महासंघलाई पूर्व अध्यक्षहरुले राजनीति गर्ने थलो बनाएको प्रति इङ्गित गर्दै वरिष्ठ उपाध्यक्ष गोल्छाले अब निर्वाचित व्यक्तिहरुले नै महासंघलाई हाँक्ने बताए।

    महासंघको वरिष्ठ उपाध्यक्षका प्रत्यासी किशोर प्रधानले मनोनयन दर्ता गराउनुअघि काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै हालका वरिष्ठ उपाध्यक्ष गोल्छाले राजनीतिक क्यान्सरलाई हटाउनैपर्ने उल्लेख गरेका हुन्।

    ‘उद्योग वाणिज्य महासंघमा एउटा क्यान्सर फैलिएको छ। राजनीतिको क्यान्सर। अबको समयमा हामीले त्यो क्यान्सरलाई निकाल्न सक्नुपर्छ। जो निर्वाचित व्यक्तित्वहरु हुनुहुन्छ, उनीहरुले नै उद्योग वाणिज्य महासंघ हाँक्न सक्नुपर्छ,’ वरिष्ठ उपाध्यक्ष गोल्छाले भने, ‘अरु कोही व्यक्ति जो निर्वाचित छैनन्। उनीहरुको कुनै चलखेल हामी उद्योग वाणिज्य महासंघमा हुन दिदैनौं। किनभने यो सबै विकृति हो भन्ने मलाई लाग्छ।’

    सबै पूर्व अध्यक्षहरुसँग सल्लाह र सुझाव लिने तर उनीहरुको राजनीतिमा नपर्ने गोल्छाको भनाइ छ। निर्वाचित हुनेहरु मात्रै मतदाताप्रति उत्तरदायी हुने भएकाले आफुले नेतृत्व गर्ने समूह अहिलेसम्म भएका राजनीतिक विकृति विसंगति हटाउन सफल हुने विश्वास समेत व्यक्त उनले व्यक्त गरे। 

    आफूले राजनीति गर्न नभई काम गर्न आएको समूहलाई रोजेको प्रष्ट पार्दै वरिष्ठ उपाध्यक्ष गोल्छाले निजी क्षेत्रको सेवा गर्न आफूहरु सक्षम हुने समेत बताए। उनले महासंघलाई समस्याको समाधान गर्ने निकायको रुपमा मात्रै सिमित नगरेर नेपालको समग्र निजी क्षेत्रको सुदृढीकरणका लागि काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरे।

    वरिष्ठ उपाध्यक्ष गोल्छाले आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका लागि प्रत्यायसी किशोर प्रधानको समूहलाई साथ दिएका छन्। वरिष्ठ उपाध्यक्ष साधारणसभापछि स्वतः अध्यक्ष हुने प्रावधान महासंघको विधानमा छ।  

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार