धनगढी । नेकपा एमाले कैलाली जिल्लाको ९ औं जिल्ला अधिवेशन आगामी फागुन ६ र ७ गते हुने भएको छ।
फागुन पहिलो साता हुने सो अधिवेशनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने जनाइएको छ ।
अधिवेशनको मिति तोकिएसँगै जिल्लाको नेतृत्व लिन नेताहरुको दौडधुप तीब्र बनेको छ। जिल्लाको नेतृत्व लिन चाहने नेताहरु कार्यकर्तामाझ आफुले जिल्लाको नेतृत्व लिन चाहना गरेको भन्दै आफ्नो एजेन्डा सहित प्रस्तुत हुन थालेका छन् ।
यसैबिच अनेरास्ववियुबाट आफ्नो राजनीतिलाई उचाइमा पुर्याएका एमाले सुदूरपश्चिम प्रदेश कमिटीका पूर्व सचिवालय सदस्य यज्ञराज ढुंगानाले पनि जिल्लाको नेतृत्व लिन आकांक्षा देखाएका छन् भने एमाले कैलालीका हाल कार्यवाहक अध्यक्ष समेत रहेका दुर्गा प्रसाद जोशीले पनि आफुलाई जिल्ला अध्यक्षका लागि दावेदारी प्रस्तुत गरेका छन् ।
साथै, अध्यक्षका लागि हालका जिल्ला सचिव डेजि पाण्डेले पनि महत्वाकांक्षा राखेका छन् । आफू हालपनि पदाधिकारी रहेको र कार्यकर्ताले पत्याए अध्यक्ष बन्न तयार रहेको भन्दै कार्यकर्ताहरु सँग छलफल गर्ने गरेका छन् ।
कैलालीमा गत निर्वाचनमा एमाले संघ र प्रदेशको निर्वाचनमा शून्य भएको थियो । स्थानीय निर्वाचनमा पनि दुई गाउँपालिकाको नेतृत्व बाहेक अन्य ठाउँमा जित्न सकेको थिएन। जिल्लालाई निर्वाचनमा शून्य बनाउने र तल ग्रासरुटमा कुनै कार्यक्रम अनि उर्जा नदिएको भन्दै जिल्ला भरिका कार्यकर्ताहरु वर्तमान पदाधिकारीसँग रुष्ट छन् ।
एमाले कैलालीको ९ औं जिल्ला अधिवेशन सुख्खडमा हुने भएको छ। अधिवेशनका लागि जिल्लाभरिका वडाहरुमा माघ २७ गते प्रतिनिधि छनौटको काम हुँदैछ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend