काठमाडौं। पर्साका मुकेश चौरसियाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले आइतबार एक जनालाई पक्राउ गरेको छ। हत्यामा संलग्न भएको आरोपमा पर्सा विन्दवासीनी गाउँपालिका–४ मधवलका ३२ वर्षीय उत्तम भन्ने निरन्जन तिवारीलाई प्रहरीले पक्राउ गरेको हो।
तिवारीसहितको टोलीले कात्तिक ६ गते चौरसियामाथि आक्रमण गर्दा उनको ज्यान गएको थियो। सो दिन नेकपा विन्दवासीनी गाँउपालिका कमिटीको सपथ कार्यक्रमस्थल बाहिर झडप हुँदा सो घटना भएको थियो।