Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दशैं मनाएर काठमाडौं फर्किए १ लाख २५ हजार जना


    सोमबार, कार्तिक १७ २०७७
    930
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । दशैं मनाउन घर गएकाहरुमध्ये अहिलेसम्म १ लाख २५ हजार काठमाडौं उपत्यका फर्किएका छन् । 

    कात्तिक १२ गतेदेखि आज बिहानसम्म १ लाख २५ हजार मानिस उपत्यका फर्किएका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। 

    पछिल्लो एक हप्तामा १ लाख ४ हजार मानिसले भने काठमाडौं उपत्यका छोडेका छन् । दशैंको फूलपातीको दिनपछि काठमाडौं फर्कनेहरुको संख्यामा कमी आएको थियो । घटस्थापना सुरु भएपछि आउने भन्दा काठमाडौं  उपत्यका छोड्ने मानिसको संख्या बढी थियो ।

    दशैं मनाउन घर जानेहरुमध्ये कतिपय भने तिहार मानेर मात्रै काठमाडौं  फर्कने गरेका छन् । कोरोनाका कारण यो वर्ष विगतका तुलनामा समग्र आवतजावत नै घटेको हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार