Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पाकिस्तानको निर्णय भारतलाई ‘अमान्य’


    सोमबार, कार्तिक १७ २०७७
    725
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । गिलगित–बल्तिस्तानलाई प्रान्तको अस्थायी मान्यता दिने पाकिस्तानी निर्णय भारतले नमान्ने भएको छ । पाकिस्तानको सो निर्णयको भारतले विरोध समेत गरेको छ । 

    भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भारतीय भूभागलाई गैरकानुनी रुपमा परिवर्तन गर्ने पाकिस्तान सरकारको कोसिसको आरोप लगाउँदै यसलाई अस्वीकार गर्ने बताएका हुन्।

    उनले गिलगित–बल्तिस्तान सन् १९४७ को विलय सम्झौताअनुसार भारतको केन्द्रशासित प्रदेश जम्मू कश्मीरको भाग भएको बताएका छन्। उक्त क्षेत्रलाई तत्काल खाली गर्न पनि उनले पाकिस्तानलाई आग्रह गरेका छन्।

    यसअघि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले उक्त क्षेत्रलाई प्रान्तको अस्थायी मान्यता दिने  निर्णय पाकिस्तानले लिएको जनाएका थिए। संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्तावलाई ध्यानमा राख्दै उक्त निर्णय लिइएको उनले जनाएका थिए। 

    उनले आइतबार गिलगित बल्तिस्तानको ७३ औं स्वतन्त्रता दिवसका अवसरमा आयोजित परेड समारोहलाई सम्बोधन गर्दै उक्त क्षेत्रको विकासका लागि एक आर्थिक प्याकेजको योजना रहेको जनाएका थिए। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार