Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चितवनमा एकैदिन ३ कोरोना संक्रमितको मृत्यु


    सोमबार, कार्तिक १७ २०७७
    720
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । चितवन मेडिकल कलेजमा एकैदिन तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दुईजना चितवनका छन भने एकजना नवलपुरका छन् ।

    अस्पतालले दिएको जानकारीअनुसार संक्रमणबाट मृत्यु हुनेमा भरतपुर महानगरपालिका ४ का ६३ वर्षीय पुरुष छन् । यस्तै अर्का मृत्यु हुनेमा भरतपुर महानगरपालिका ३ का ५३ वर्षीय पुरुष छन् भने एकजना  नवलपुरको देवचुली नगरपालिका ११ का ८० वर्षीय पुरुष हुन् ।

    यी तीनैजनाको उपचारको क्रममा मृत्यु भएको हो । 

    यसअघि आज बिहान मात्रै भरतपुर अस्पतालमा एकजना धादिङ र एकजना चितवनका गरी दुईजनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार