Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तनहुँमा करेन्ट लागेर युवकको मृत्यु


    शनिबार, माघ २० २०८०
    615
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • तनहुँ। तनहुँमा विद्युतीय तारको प्रयोग गरी माछा मार्ने क्रममा एक जना युवकको मृत्यु भएको छ । शुक्लागण्डकी नगरपालिका वडा नं.०६ ओखले बस्ने २८ वर्षीय सन्तोष कुमालको मृत्यु भएको हो ।

    आज बिहान तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नं.६ कुम्लेखोलामा कुमाल ओखलेमा डेरा गरी बस्ने वर्ष २५ को सन्तोष डाँगीसँग माछा पार्न पुगेका थिए । माछा मार्ने क्रममा करेन्ट लागी घाइते भएका कुमाललाई तत्काल उपचारको लागी जिपी कोइराला श्वास प्रश्वास केन्द्र बेचलौतारा तनहुँ ल्याइएको थियो ।

    जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार उपचारको क्रममा डाक्टरद्वारा उनलाई मृत घोषणा गरेका थिए ।

    उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार