Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नागढुङ्गामा प्रहरीको लापसे चेकिङ, ६ जना चालक समातिए


    शनिबार, माघ २० २०८०
    1K
    Shares
    /fdzfx ky l:yt df]6/ ;fOsn rfnsx?sf] cg'dtL kq r]shfFr ub}{ 6«fkmLs k|x/L . tl:a/ c+ub 9sfn . sflGtk'/
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडाैं। ​नागढुङगामा हिजो शुक्रबार गरिएकाे चेकिङका क्रममा ट्राफिक प्रहरीले लागुपदार्थ सेवन (लापसे) गरी सवारीसाधन चलाउँदै गरेका ६ जना चालकलाई समातेको छ ।

    प्रदेश २–०३–००१ ख ५१८६ नम्बरका कन्टेनर चालक धनकुटाका ३२ वर्षीय बलबहादुर कार्की, भे१ख ३७३४ नम्बरका ट्रक चालक बर्दियाको बाँसगढी नगरपालिका ६ का ३० वर्षीय राजेन्द्र थारू र लु३च २६४७ नम्बरका पिकअप चालक नवलपरासी बर्दघाट सुस्ता पश्चिमको बर्दघाट नगरपालिका १२ का २३ वर्षीय पारस विकलाई नियन्त्रणमा दिइएको प्रहरीले जनाएको छ ।

    यस्तै ना८ख २३०७ नम्बरका बस चालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका १९ का ३५ वर्षीय दीपक थापा, बा४ख ५७६ नम्बरका बस चालक धादिङको नीलकण्ठ नगरपालिका ७ का ३२ वर्षीय कृष्ण परियार र बा३ख ४६ ६० नम्बरका हाइस चालक स्याङ्जाको वालिङ नगरपालिका ७ का ३६ वर्षीय लेखबहादुर गुरुङलाई पनि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

    सार्वजनिक, निजी तथा यात्रु बोक्नेजस्तो संवेदनशील सवारीसाधनका चालकले नै लागुपदार्थ सेवन गरी सवारी चलाउनु आफैंमा निन्दनीय कार्य भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए ।

    ‘यसरी सवारीसाधन चलाउँदा चालकको मात्र नभइ यात्रुहरूको जीवनसमेत जोखिममा पर्ने भएकाले आफू सवार सवारीसाधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्कालै नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रुमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्नुहुन अनुरोध गर्दछु,’ उनले भने ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार