काठमाडौं । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले नवप्रवर्धन (स्टार्टअप) उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न आह्वान गरेको छ । प्रतिष्ठाले शुक्रबार सूचना सार्वजनिक गरेर परियोजनाले प्रस्ताव पेस गर्न आह्वान गरेको हो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्टार्टअप उद्यममा सहुलियतपूर्ण कर्जा दिने कार्यविधि हालै स्वीकृत गरेसँग कर्जा लिनका लागि परियोजना प्रस्ताव आह्वान गरिएको हो । स्टार्टअप उद्यमका मापदण्डहरू पूरा गरेका तोकिएको क्षेत्रका नवीनतम ज्ञान, सोच, सिप र क्षमता भएका स्टार्टअप उद्यमीले यस्तो कर्जा लिन सक्ने सूचनामा उल्लेख गरिएको छ । यस्तो कर्जा लिन चाहनेले सूचना प्रकाशित भएको २१ दिनभित्र तोकिएको ढाँचामा प्रस्ताव पेस गर्नुपर्ने प्रतिष्ठानले आह्वान गरेको छ ।
मन्त्रालयले चालुु आर्थिक वर्षमा स्टार्टअप कर्जाका लागि २५ करोड रुपियाँ विनियोजन गरेको छ । ३ प्रतिशत ब्याजदरमा २५ लाखसम्म स्टार्टअप कर्जा उपलब्ध गराइने व्यवस्था छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend