Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लेबनानमा एक नेपाली शान्ति सैनिकको मृत्यु


    शुक्रबार, माघ १९ २०८०
    850
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संयुक्त राष्ट्र संघ अन्तरगत शान्ति मिसनमा गएका एक नेपाली सैनिक जवानको मृत्यु भएको छ । लेबनानमा तैनाथ श्री पुरानो गोरख गणको ६४ औं डफ्फामा कार्यरत सिपाही सुवास थापाको मृत्यु भएको हाे ।

    दोलखा स्थायी घर भएका सिपाही थापा उक्त गणको हेक्वार्टरको बंकरमा स्ट्याण्डबाई ड्यूटीमा रहँदा आफैंले बोकेको हतियारबाट गोली लागेको सेनाले जनाएको छ ।

    उनको शवलाई नेपाल ल्याउन समन्वय भइरहेको सेनाले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार