Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पर्यटन मन्त्रालयका उपसचिव नेपाल भ्रष्टाचारी ठहर


    शुक्रबार, माघ १९ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले उपसचिव नेपाललाई दोषी ठहर गरेकाे हाे ।

    उनलाई अदालतले एक वर्ष कैद र ६ लाख रुपैयाँ जरिवाना असुल्ने फैसला सुनाएको छ । साे प्रकरणमा पक्राउ परेका हरिभक्त श्रेष्ठलाई भने अदालतले सफाइ दिएको छ ।

    २०७९ साउनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुसबापत सेवाग्राहीबाट बुझेको ६ लाख र आफू चढेको गाडीमा थप साढे १६ लाखसहित उपसचिव नेपाललाई पक्राउ गरेको थियो । यस्तै श्रेष्ठलाई साेही समयमा अख्तियारले नियन्त्रणमा लिएको थियाे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार