Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • भिटेनले माफी माग्दै भने-संशोधित भिडियो सार्वजनिक गर्छु


    आइतबार, कार्तिक १६ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आपत्तिजनक शब्द प्रयोग गरेर ‘पारा’ गीत सार्वजनिक गरेपछि प्रहरीको खोजीको सूचीमा रहेका गायक समिर घिसिङ ‘भिटेन’ले माफी मागेका छन् । 

    गीतमा प्रयोग भएका शब्दको विषयलाई लिएर बिभिन्न विवाद भएपछि भिटेनले सामाजिक सञ्जाल मार्फत एक विज्ञप्ति सार्वजनिक गर्दै माफी मागेका हुन् ।

    गीतमा प्रहरीसमेत गाली गरिएको भन्दै प्रहरीले उनलाई खोज्न थालेपछि गीतको भिडियो युट्युबबाट समेत हटाइएको छ । 

    ‘गीतमा आपत्तिजनक शब्द हटाएर संशोधित गीत छिट्टै आधिकारीक च्यानलबाट सार्वजनिक गर्न छु’ भिटेनले विज्ञप्तिमा अगाडि भनेका छन् ‘सम्बन्धित निकाय र महानुभावलाई उक्त म्युजिक भिडियोमा प्रयोग भएका केही शब्दबाट पर्न गएको असुविधा र चोट प्रति क्षमायाचना गर्दछौँ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार