Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • २४ घण्टामा २८२४ कोरोना संक्रमित थपिए


    आइतबार, कार्तिक १६ २०७७
    580
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । देशभर कोरोना भाइरसका थप २ हजार ८ सय २४ संक्रमित फेला परेका छन् । देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ४ सय ६५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    पछिल्लो २४ घण्टामा ३ हजार ६ सय २० जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १ लाख ३४ हजार ८ सय ४२ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७७ दशमलव ७ प्रतिशत रहेको छ ।

    पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १३ हजार २३ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १४ लाख ५६ हजार ३६६ जनाको पीसीआर परीक्षण गरिएको छ ।

    देशभरका संस्थागत आइसोलेसनमा ६ हजार ७८९ जना र होम आइसोलेसनमा ३० हजार ९८६ जना रहेका छन् । आजसम्म देशभर दुई हजार ३८६ जना क्‍वारेन्टिनमा रहेका छन् ।

    देशभर ७८ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २८३ जना आईसीयूमा राखेर उपचार भइरहेको छ । 

    यससँगै कुल संक्रमितको संख्या एक लाख ७३ हजार ५६७ पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार