काठमाडौं । अभिनेत्री रेखा थापाको बहुप्रतिक्षित फागुन २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘उपहार’को शीर्ष गीत ‘हेरेको छैन’ आज सार्वजनिक भएको छ । युट्युबमार्फत् सार्बजनिक गरिएको यो शीर्ष गीत फिल्मको तेस्रो गीत हो ।
गीतमा रविन भुसालको स्वर, अर्जुन पोखरेलको संगीत तथा प्रमोद ढुंगानाको शब्द छ । गीतको अडियो र भिडियो पक्ष बलियो छ । गीतका शब्द सजिलै सम्झन सक्ने खालका छन् । कविराज गहतराजको कोरियोग्राफी सार्वजनिक गीतको भिडियोमा हेर्न सकिन्छ ।
उक्त गीतमा अभिनेत्री रेखा थापा, बेनिशा हमाल, पूजा शर्मा, मुकुन भुसाल, सुष्मा कार्की फिचर्ड छन् । ‘उपहार’ सामाजिक विषयवस्तुमा आधारित रहेकाले फिल्ममा हाँस्यरसदेखि रोदनसम्म सबै कुराको समिश्रण रहेको निर्देशक देउजा बताउँछन् ।
ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भएको फिल्ममा मुकुन भुषाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, अंशु महर्जन, आशा भुुषाललगायतको पनि अभिनय छ । अभिनेत्री थापाका श्रीमान् बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् ।
रेखा फिल्मस् र कपनगढी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ ।
गीतकाे लिंक : https://youtu.be/ahzh-bfaTEc?si=dGpyaguzjGovn0MG


काठमाडौं । नेपालीहरुको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ । आज मान्यजनबाट देवीको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ...
काठमाडौं। महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज बिहान ५ बजेदेखि नै सर्वसाधारणका लागि खुला गरिएको छ। हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक...
काठमाडौँ। लामो समयदेखि रिक्त लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई नियुक्त गरिएको छ। संस्कृति,...
काठमाडौँ। सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि खुल्ला दरखास्त आह्वान गरेको छ। मन्त्रालयले बोर्डको अध्यक्ष पदमा एक जना योग्य उम्मेदवार छनोट...
काठमाडौं । सरकारले तीन प्रतिष्ठानमा कुलपति, उपकुलपतिसहितका पदाधिकारी नियुक्त गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend