Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रेखा थापाको चलचित्र ‘उपहार’ मा मुकुन अनुबन्धित


    सोमबार, साउन ८ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री रेखा थापाको फिल्म ‘उपहार’ मा मुकुन भुषाल अनुबन्धित भएका छन्।

    हिजो निर्माण टिम र मुकुनबीच औपचारिक सम्झौता भएको हो। फिल्ममा मुकुन अनुबन्धित भएको जानकारी निर्देशक ज्ञानेन्द्र देउजाले फेसबुकमार्फत दिएका हुन्।

    अभिनेता मुकुनले रेखा थापाको फिल्ममा अनुबन्धित हुन पाउँदा आफूलाई खुसी लागेकाे उल्लेख गरेका छन्।

    रेखा फिल्म्सले निर्माण गर्न लागेको फिल्म सामाजिक कथामा बन्नेछ।

    ज्ञानेन्द्र देउजाले निर्देशन गर्ने फिल्ममा रेखासँगै पूजा शर्माको मुख्य भूमिका रहनेछ। साउनको दोस्रो साताबाट छायांकन सुरू हुने फिल्म यसैवर्ष प्रदर्शन हुनेछ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार