Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बाँसबारी छालाजुत्ताको जग्गा हिनामिना प्रकरणमा सञ्जय ठाकुर पनि पक्राउ


    बिहिबार, माघ १८ २०८०
    800
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडाैं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा व्यापारी अरुण चौधरी, अजितनारायण सिंह थापापछि थप एकजनालाई पक्राउ गरेको छ ।

    चौधरी अध्यक्ष रहेको सीजी होल्डिङ्सको महाप्रबन्धक रहिसकेका सञ्जय ठाकुरलाई काठमाडौंबाट पक्राउ गरेको सीआईबी स्रोतले जानकारी दियो ।

    ‘बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडप्ने क्रियामा ठाकुर समेतको प्रत्यक्ष संलग्नता रहेको देखिएकाले उनलाई पनि पक्राउ गरिएको हो,’ सीआईबी स्रोतले भन्यो ।

    उद्योगी चौधरीलाई बिहीबार अपराह्न लाजिम्पाटस्थित आफ्नै घरबाट सीआईबीले पक्राउ गरेको थियो भने थापालाई बत्तीसपुतलीबाट पक्राउ गरिएको थियो ।
    तीनै जनामाथि अनुसन्धान गर्न भनेर सीआईबीमा वडा नम्बर ३ का ४८ जनाले उजुरी दिएको स्रोतको भनाइ छ ।

    पक्राउ परेका तीनै जनालाई आज म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिएको सीआईबी स्रोतले बतायो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार