Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • अवैध रुपमा जडिबुटीको ओसारपसार गर्ने ५ जना पक्राउ


    आइतबार, कार्तिक १६ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । मनाङबाट जडिबुटीको अवैध ओसारपसार गरेको आरोपमा लमजुङ प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। 

    पक्राउ पर्नेहरूको साथबाट ठूलो मात्रामा जडिबुटी बरामद गरेको हो । 

    मनाङबाट शनिबार ग १ ज ७४५३ नम्बरको पिकअप बोलेरो जीपले जडिबुटी लमजुङको बेंसीसहरतर्फ ल्याउँदै गरेको सूचनाका आधारमा प्रहरीले खोजी तीव्र पारेको थियो। खोजी क्रममा बेंसीसहर नगरपालिका–८ नारायणस्थानमा उक्त जीप नियन्त्रणमा लिएर खानतलासी गर्दा जडिबुटी भेटिएको थियो। 

    सो जिपमा जटामसी १६ किलो, बुकीफुल १२४ किलो, धुपीपात ५३ किलो, सुनपाती ९ किलो र भोजपत्र १३ किलो गरी २१५ किलो जडिबुटी फेला परेको प्रहरीले जनाएको छ। 

    जडिबुटी ओसारपसारमा संलग्न कर्ण गुरुङ, लाम्पा छिरिङ लामा र पल्मु लामालाई समेत प्रहरीले पक्राउ गरेको छ । 

    यस्तैगरी जडिबुटी लुकाईछिपाई राखेको आरोपमा प्रहरीले ४४ वर्षीय शान्ताकुमारी तामाङलाई पनि पक्राउ गरेको छ। उनको घर खानतलासी गर्दा पाँचऔले ८ किलो प्रहरीले बरामद गरको छ। 

    ४६ वर्षीय मिनबहादुर तामाङको घरमा पनि खानतलासी गर्दा पाँचऔले साढे ३ किलो, निरमसी ५३ किलो, मजिठो १४ किलो, पिप्ला २४१ किलो सतुवा साढे ८ किलो, जटामसी साढे २ किलो, ढालिङ १०६ किलो, कुड्की ५४ किलो गरी ४८२.५ किलो जडिबुटी प्रहरीले बरामद गरेको छ। 

    जडिबुटी अवैध रूपमा राखेको आरोपमा मिनबहादुरलाई पनि प्रहरीले पक्राउ गरेको छ।

    बरामद भएका जडिबुटी र पक्राउ परेका ५ जनालाई नै आइतबार जिल्ला वन कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार