काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन्। कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएसँगै उनी डिस्चार्ज भएका हुन् ।
मुख्यमन्त्री पौडेललाई गत कार्तिक ६ मा कोरोना संक्रमण पुष्टि भएको थियो । लगत्तै उनलाई हेलिकप्टरबाट उपचारका लागि सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्र काठमाडौमा भर्ना गरिएको थियो ।
उनी डिस्चार्ज भएपनि उनको पत्नी विजया पौडेलको परीक्षण रिपोर्ट भने पोजेटिभ नै आएको छ । दुबैजना अहिले ललितपुरको भैसेपाटीस्थित सरकारी निवासमा आइसोलेसनमा बसेका छन्।