Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मोरङमा छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु


    बिहिबार, माघ १८ २०८०
    750
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। मोरङको छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा दुईजनाको ज्यान गएको छ । ग्रामथान र बुढीगंगा गाउँपालिकामा भएका दुर्घटनामा बुधबार साँझ दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    ट्राफिक प्रहरी कार्यालयका अनुसार कटहरीबाट झोराहाटतर्फ आउँदै गरेको मे १ त ७०५९ नम्बरको ट्याक्टरले ठक्कर दिँदा ग्रामथान–२ घर भएका २० वर्षीय उपेश सरदारको मृत्यु भएको हो । ठक्करले पैदलयात्री सरदार सिकिस्त घाइते भएका थिए । उनको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    यस्तै, बुढीगंगा गाउँपालिका–२ टंकीसिनवारीमा मोटरसाइकलको ठक्करले ७० वर्षीय जयप्रकाश रेग्मीको मृत्यु भएको छ । को ३८ प ९९३७ नम्बरको मोटरसाइकलको ठक्करले सिकिस्त घाइते भएका उनको विराट शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार